नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

ढकालले आइतबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । आफूमा कोरोना पोजेटिभ देखिए पनि स्वास्थ्यमा कुनै समस्या नरहेको ढकालले जानकारी दिए ।  आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन्। उनलाई सोमबार बिहान कोरोना पुष्टि भएको हो।

परिवारका अन्य सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको उनले जनाए ।

ढकालले जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर सतर्कता र सजगता अपनाउँदा समेत पोजेटिभ देखिएको बताउँदै आफ्नो सम्पर्कमा रहेका सबैलाई सुरक्षित र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन्। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेका छन्।





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १२:१९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया