महानगरीय प्रहरीपरिसर ललितपुरमा नवनिर्मित वाटिका तथा अमर प्रहरी स्मारक उद्‍घाटन

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित वाटिका तथा अमर प्रहरी स्मारकको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । 

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले वाटिका तथा अमर प्रहरी स्मारक निर्माण कार्यमा विशेष योगदान पुर्याउने विभिन्न महानुभावलाई प्रशंसापत्र तथा निर्माण कार्यमा सहयोग पुर्याउने प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरे । 

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले नागरिकले प्रहरीलाई र प्रहरीले नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै एक–अर्काको अपेक्षाअनुसार दायित्व निर्वाह गर्नुपर्ने बताए । 

प्रहरी र नागरिक एक–आपसमा साझेदारी गर्दै कानुन तथा सरकारले अख्तियार गरेको नीति निर्देशनको पालना गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १८:२६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया