कमजोर बन्दै मनसुन : देशभरको मौसम कस्तो हुन्छ ?

अघिल्लो साता नेपालमा भारी वर्षा गराएको मनसुन कमजोर  बन्दै गएको छ । मनसुन कमजोर बन्दै जाँदा कम पानी पर्न थालेको छ ।

दुई दिन ढिला गरेर नेपाल प्रवेश गरेको मनसुन अझै बाहिरिएको छैन । तर, मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट बाहिरिने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

नेपालमा पूर्वबाट प्रवेश गरेर मध्य हुँदै पश्चिमसम्म फैलिएर पूर्वबाट नै बाहिरिने महाशाखाका मौसमविद्ले बताएका छन् ।

सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिएको मनसुन सेप्टेम्बर २३ मा नेपालबाट बाहिरिनुपर्ने भएपनि केही वर्ष यता ढिला भित्रिएर ढिला नै बाहिरिन थालेको छ । 

मनसुन बाहिरिएपछि पश्चिमी वायुले चिसो हावा ल्याउने भएकाले विस्तारै चिसो बढ्न थाल्ने मौसमविद्को भनाइ छ । 

अहिले बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले बुधबार प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशको मौसम सामान्य बदली हुनेछ । 



केही थोरै ठाउँमा हल्का पानी पर्ने र अरु ठाउँको मौसम सफा रहने छ । केहीकेही स्थानमा एकछिन घाम लाग्दै बादल लाग्ने पूर्वानुमान गरिएको छ । 



  • प्रकाशित मिति : असोज १४, २०७७ बुधबार ७:५४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया