प्रधानसेनापति थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

सेल्फ क्वारेन्टिनमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। सहयोगीमा कोरोना संक्रमण देखिएपछि प्रधानसेनापति थापा गएको आइतबारदेखि सेल्फ क्वारेन्टिनमा थिए ।

प्रधानसेनापतिको शशिभवनस्थित निवासको भान्छामा कार्यरत एक सैनिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

सैनिक प्रवक्ता, सहायकरथी सन्तोष बल्लभ पौडेलले प्रधानसेनापतिको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।





  • प्रकाशित मिति : असोज १४, २०७७ बुधबार १७:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया