धनगढीमा पनि सुपथ मूल्य पसल सञ्चालन

चाडपर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था कम्पनीको संयोजकत्वमा सञ्चालित पसल आगामी मंसिर ६ गते सम्म सञ्चालन हुने बताइएको छ ।

कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानकोे सहकार्यमा सुपथ पसल सञ्चालन गरिरहेका हुन् ।

चाडबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको बताइएको छ । बजारमा कृत्रिम अभाव तथा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य वस्तु किन्न पाउँदा उपभोक्तालाई समेत सहज भएको छ ।

सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र सेनिटाइजर लगायतका सामग्री बिक्री वितरण भइरहेका छन् ।

पसलमा चिनी प्रतिकिलो ७० रुपैयाँ र नुन प्रतिकिलो १८ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा १० रुपैयाँ र नुन प्रतिकिलोमा दुई रुपैयाँ छुट गरिएको छ ।

सुपथ मूल्य पसलबाट उपभोक्ताले सामान किन्ने मात्रै नभएर बेच्ने पनि गरेको साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालय धनगढीले जनाएको छ । यो वर्ष सुदूरपश्चिमका अन्य जिल्लामा भने सुपथ मूल्य पसल सञ्चालनमा आएको छैन ।



विगतमा कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र पहाडी जिल्लामा बैतडी, डडेल्धुरा, दिपायल लगायतका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएका थिए ।



  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १३:५९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया