सप्तरीका डिएसपीसहित पाँचजनालाई कोरोना संक्रमण

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपीसहित पाँचजनालाई शुक्रबार कोरोना संक्रमण देखिएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । 

कोराना संक्रमित भएका डिएसपी तिलक भारती दुई साताअघि मात्रै सरुवा भएर सप्तरी आएका हुन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उनी कोरोना संक्रमणबाट मुक्त भएपछि नयाँ डिएसपीका रुपमा राजविराज आएका हुन् ।

शुक्रबार संक्रमित हुने अन्यमा राजविराज नगरपालिकाका ५६ वर्षीया महिला, ५६ वर्षीय र ६५ वर्षीय पुरुष तथा सुरुंगा नगरपालिकाका ४५ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 

हाल सप्तरीमा सक्रिय संक्रमित २ सय ४० जना छन् । सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार ३६३ पुगेको छ । जसमध्ये १ हजार १०३ जना निको भएका छन् ।  





  • प्रकाशित मिति : असोज २३, २०७७ शुक्रबार १९:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया