सर्वसत्तावाद पराजित गर्न र सुशासनको लक्ष्य हासिल गर्न बृहत्तर प्रजातान्त्रिक मोर्चाको आवश्यकताः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न बृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणको आवश्यकता औँल्याएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति संकेत गर्दै थापाले प्रजातान्त्रिक मोर्चा निर्माणको लागि आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमा ट्विटरमा लेख्दै अध्यक्ष थापाले ब्रम्हलुट, सर्वसत्तावाद, धर्मपरिवर्तन, विदेशी चलखेललाई पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउँदै सुशासन र समृद्धिको लक्ष्य हासिल प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प नरहेको बताएका हुन् ।

‘ब्रम्हलुट, सर्वसत्तावाद, धर्मपरिवर्तन, बिदेशी चलखेललाई पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउँदै सुशासन–समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्त–प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन,’ ट्विटमा उनले भनेका छन्, ‘बृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणको लागि आह्वान गर्दछु ।’





  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार १६:१९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया