भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवनको भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । 

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हेटौंडा उपमहानगरपालिका ९ प्रगतिटोलका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । 

उनी असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका थिए । उनमा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

आइसियूमा भेन्टिलेटरको सहायतामा उपचाररत उनको बुधबार साँझ ६ः१५ बजे मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार २१:२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया