भारतमा कोरोना सङ्क्रमित ७४ लाख ३२ हजारभन्दा बढी
सक्रिय संक्रमित ८ लाखभन्दा कम

भारतमा शनिबार कोरोना भाइरस सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ ।

शनिबार  मध्याह्नसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ३२ हजार ६८० भएको छ ।  यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १३ हजार ३२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

भारतमा गत २४ घण्टामा ६५ हजार १२६ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ८८२ जनाको मृत्यु भएको छ । 

भारतभरि ७ लाख ९५ हजार ५३ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । यसअघि ९, १० लाख सक्रिय संक्रमित रहे पनि पछिल्लो समय घटेको मन्त्रालयले जनाएको छ । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख २४ हजार ५९५ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।  

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ९ करोड ३२ लाख ५४ हजार १७ व्यक्तिलाई कोरोना संक्रमण भएको या नभएको परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ । 



विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वमा ३ करोड ९५ लाख ९६ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये २ करोड ९६ लाख ६१ हजार ७६५ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ ।



  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार १६:५८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया