कर्णाली प्रदेशमा केन्द्रको हस्तक्षेपः प्रधानमन्त्रीले भने– दुई अध्यक्षले सहमति गर्छौं, त्यसमा दायाँ–बायाँ गर्न पाइन्न

पछिल्लो साता विवादले चरम रुप लिएको कर्णालीका नेकपा नेताहरुसँग प्रधानमन्त्री केपी ओलीले भेट गरेका छन् । प्रदेशका नेताको कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले अब दुई अध्यक्ष बसेर सहमति गर्ने र त्यसबाट आउने निष्कर्ष सबैले मान्नुपर्ने जवाफ दिएका छन् । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोलीले यसअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टै भेट गरेका थिए । शनिबारको छलफलमा भने अध्यक्ष प्रचण्ड सहभागी भएनन् । आजको छलफलमा महासचिव विष्णु पौडेल सहभागी थिए । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीविरुद्ध पार्टीभित्रैबाट बहुमत सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि विवाद समाभानका लागि दुई अध्यक्षले उनीहरुलाई काठमाडौं बोलाएका थिए । 

प्रदेश नेताको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले भने, ‘अब हामी दुई अध्यक्ष बसेर सहमति गर्छौंं, त्यो सहमतिपछिको निष्कर्ष कसैका लागि अनुकूल पनि हुनसक्छ, प्रतिकूल पनि हुनसक्छ तर त्यही लागू हुन्छ, कसैले पनि त्यसमा दायाँ–बायाँ गर्न पाइँदैन ।’  





  • प्रकाशित मिति : कात्तिक १, २०७७ शनिबार १७:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया