बाबुराको टिप्पणी : अहिलेको प्रदेश पञ्चायतको अंचल जस्तो मात्रै हो !
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेका प्रदेश पञ्चायतको अंचल जस्तो मात्रै भएको टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री केपी ओलीको आदेशमा प्रदेशका सबै काम भइरहेको भन्दै बाबुरामले यस्तो टिप्पणी गरेका हुन् । 

उनले ओलीले प्रदेश सरकार भनेको संघको प्रशासनिक यूनिट मात्र ठानेको आरोपसमेत लगाएका छन् । 

बालुवाटार दरबारको आदेशमै वागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेश बनेको उनको भनाइ छ । 

यसरी केपी ओलीले संघीयताको गलत अभ्यास गरिरहँदा हिजोका माओवादी भने केही कणहरु झर्ला र खाउँला भन्दै ओलीकै चरणमा पर्नु लाजको विषय भएको उनको भनाइ छ । 

'ओली उवाच-‘प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो’ ! अर्थात अहिलेको प्रदेश पंचायतकालको अंचल जस्तो मात्रै हो!', बाबुरामले ट्वीटरमा लेखेका छन्, 'त्यसैले त वालुवाटार दरबारको आदेशमा वागमती/गण्डकी/कर्णाली/लुम्बिनी प्रदेश बनिरहेछन्!तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउॅला भन्दै ओलीका चरणमा लम्पसार! Shame!'





  • प्रकाशित मिति : कात्तिक २, २०७७ आइतबार ६:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया