च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरुवात

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा फरेनक्सारोसमाथि ५-१ को जित निकाल्दै बार्सिलोनाले शानदार सुरुवात गरेको हो । 

खेलको २७ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीलाई सदुपयोग गर्दै पहिलो गोल गरेका थिए । 

त्यसपछि बार्सिलोनाले विपक्षीको पोस्टमा लगातार गोलको वर्षा गरेको हो । पहिलो हाफको ४२ औं मिनेटमा अंशु फातीले  गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। 

पहिलो हाफमा २-० ले पछाडि परेको फरेनक्सारोसमाथि दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गरेको हो । खेलको ५३ मिनेटमा फिलिप कौटिन्होले गोल गरे । 

खेलको ६८ औं मिनेटमा भने बार्सिलोनाका जेरार्ड पीके रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । अन्तिम २२ मिनेट १० खेलाडीमा सीमित भएको बार्सिलोनामाथि फरेनक्सारोसले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इहोर खरातिनले ७० मिनेटमा एक गोल फर्काए ।  

१० खेलाडीमा सीमित भए पनि बार्सिलोनाले लय भने गुमाएन । खेलको ८२ औँ मिनेटमा पेद्रो लोपेजले अर्को गोल गरे भने ८९ मिनेटमा उसमान डम्बेलेले गोल गर्दै बार्सिलोनालाई ५-१ को जित दिलाए । 



त्यस्तै गएरातिनै युभेन्टस, लाइप्जिङ, क्लब ब्रुग र लाजियोले पनि आ-आफ्नो खेलमा जित हात पार्दै सुखद सुवात गरेका छन् । चेल्सी तथा रेनेस भने बराबरीमा रोकिएका छन् ।



म्यानचेस्टर युनाइटेडले पीएसजीलाई २-१ ले पराजित गर्दा युभेन्ट्सले डाइनामो किभमाथि २-० को जित हात पारेको छ । लाइप्जिङले इस्तानबुल बसाकसेहिरलाई २-० ले हरायो ।​​​

लाजियोले बेरुसिया डर्टमन्डलाई ३-१ले पराजित गर्दा क्बल ब्रुगले जेनिट सेन्ट पिटर्सबर्गमाथि २-१ को जित हात पार्‍यो । चेल्सी सेभिल्लासँग गोलरहित बराबरीमा रोकिदा रेनेस र क्रास्नोडरले ११ को  बराबरी खेलेका छन् ।   

  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार ६:५६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया