नेपाल–बङ्गलादेश मैत्रिपूर्ण खेल नोभेम्बरमा
फाइल फोटो

कोरोना भाइरसका कारण लामो समयसम्म मैदान बाहिर रहेका नेपाली पुरुष फुटबल खेलाडी छिट्टै मैदानमा उत्रिन पाउने भएका छन् ।

नेपालले आगामी नोभेम्बर १३ र १७ मा बङ्गलादेश विरुद्ध मैत्रिपूर्ण खेल खेल्ने बङ्गलादेश फुटबल संघले जानकारी दिएको छ । दुवै खेल ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुनेछ । 

केही समयअघि बङ्गलादेश फुटबल संघले मैत्रिपूर्ण खेलका लागि प्रस्ताव गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले  सहभागी हुन पाउनु पर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रस्ताव पेस गरेको थियो ।

राखेपले एन्फालाई मैत्रिपूर्ण खेलका लागि स्वीकृति दिइसकेको छ । एन्फाले दसैंपछि राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने जनाएको छ ।  


 





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १७:७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया