अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिला कोरोनामुक्त भएका छन् । आचार्यले बिहीबार बिहान फेसबुकमार्फत आफ्नो पछिल्लो पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।
‘हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ आएको छ ।
हामीलाई धेरै–धेरै माया दिनुहुने सबैमा धन्यवाद’ उनले फेसबुकमा लेखेका छन् । अभिनेता आचार्य र पत्नी रमिलालाई असोज २० गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।