काठमाडौंको साँखुमा टेम्पो दुर्घटना, काभ्रेका व्यक्तिको मृत्यु
फाइल फोटो

शङ्खरापुर नगरपालिका साँखुमा टेम्पो दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।  महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले दिएको जानकारी अनुसार दुर्घटनामा मृत्यु हुने काभ्रेको मण्डनदेउपुर नगरपालिका  प्रह्लाद बस्ताकोटी रहेका छन् ।  अस्थायी नम्बर १३५७ रहेको टेम्पो साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट करि २५ मिटर तल खसेको थियो । 

 बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।  
 





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार १२:५०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया