३६३७ थपिए, काठमाडौं उपत्यकामा १५५२, मृत्यु हुने संक्रमित २१ जना

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या ३६३७ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर ३६३७ जना कोरोना संक्रमित थपिएका हुन्।   

हालसम्म जम्मा संक्रमितको संख्या १४८५०९  पुगेको छ । 
 

काठमाडौँ उपत्यकामा १५५२ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २१२८३ भक्तपुरमा  ११२ र ललितपुरमा १५७ जना संक्रमित थपिएका छन ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४४८७७ छ । यसमध्ये संस्थागत आइसोलेसनमा १३३३९ र होम आइसोलेसनमा  ३१५३८ जना संक्रमित रहेका छन्।

घण्टामा पीसीआर परीक्षणको संख्या  १५२५५  रहेको छ। 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या  ३२१५  रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित १२०८२० जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।



२४ घण्टामा मृत्यु  हुने  संक्रमितको संख्या २१ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ८२१ पुगेको छ ।



  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार १६:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया