चिनियाँ इन्जिनियरले ७६ सय टनको ऐतिहासिक भवन उचालेर अर्को ठाउँमा सारे (भिडियोसहित)

चिनियाँ इन्जिनियरले एउटा सयौं टनको ऐतिहासिक भवन एक ठाउँबाट अर्को ठाउँमा उचालेर सारेका छन्। चीनको साङघाई सहरमा इन्जिनियरले ७६ सय टनको ऐतिहासिक भवनलाई अर्को ठाउँमा सारेका हुन्। 

सन् १९३५ मा बनेको साङघाईको लागेना प्राथमिक विद्यालयको पाँच तले भवन उनीहरुले प्रविधिको प्रयोग गरेर केही पर सारेका हुन्। 

स्थानीय प्रशासनका अनुसार यो पुरानो भवनको नजिकै नयाँ प्रोजेक्टमा काम सुरु हुन लागेको छ। तर उक्त भवनले नयाँ प्रोजेक्ट सुरु गर्न जमिन कम भएपछि भवन सारिएको हो। 

लामो समयको प्रयासपछि प्रविधिको प्रयोग गरेर ऐतिहासिक भवनलाई सुरक्षित ढंगले इन्जिनियरले सारिदिएका हुन्। 

भवन सार्ने वा भत्काउने इन्जिनियरसँग दुई विकल्प थिए। उनीहरुले प्रविधिको प्रयोग गरेर ऐतिहासिक भवनलाई अर्को ठाउँमा सारेर नयाँ चमत्कार देखाएका हुन्। 





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार १०:२४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया