विश्वमा कोरोना सङक्रमितको संख्या ४ करोड २९ लाख नाघ्यो

विश्वमा कोरोना सङ्क्रमितको संख्या ४ करोड २९ लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । 

उक्त विश्वविद्यालयका अनुसार विश्वभरि ४ करोड २९ लाख ४६ हजार ४४६  जना कोरोना सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरि ११ लाख ५४ हजार ८६२ व्यक्तिको मृत्यु भएको पनि उक्त विश्वविद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभरि रहेका कुल सङ्क्रमितमध्ये ३ करोड १६ लाख ७३ हजारभन्दा बढी व्यक्ति कोरोना मुक्त भएका बताइएको छ ।

कोरोनाका कारण सबभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८८ लाख २७ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा २ लाख ३० हजार ६८ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरूमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् । 

कोरोना सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेका छन् । भारतमा ७८ लाख ६४ हजारभन्दा बढी कोरोना सङ्क्रमति रहेका छन् भने ब्राजिलमा करिब ५३ लाख ८१ हजार व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ । चौथो स्थानमा रहेको रुसमा १४ लाख ९७ हजार १६७ जना सङ्क्रमित रहेका छन् ।



विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ७० लाख ७८ हजार व्यक्तिलाई कोरोना निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोनालाई  ‘विश्व महामारी’को घोषणा गरेको थियो । 



  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार १७:४६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया