हत्याजस्तो जघन्य अपराध हुँदा मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्य : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जघन्य अपराधमासमेत सम्बन्धित निकायले मुद्दा दर्ता गर्न आनाकानी गरेकोप्रति आश्चर्य व्यक्त गरेका छन् । पर्साका मुकेश चौरसियाको हत्याका दोषीमाथि कारबाही गर्न उनले सरकारसँग माग गरेका छन् ।  

कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा आक्रमण हुँदा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएको थियो ।  

प्रचण्डले दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरमा ल्याउनुपर्नेमा जोड दिएका छन् । यसअघि पार्टी जिल्ला कमिटीले हत्याको भर्त्सना गरेको सम्झना गर्दै उनले भनेका छन्, ‘दोषी जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु ।’ 

‘हत्या जस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको अध्यक्ष प्रचण्डकोे भनाइ छ ।

यसै विषयमा यसअघि वरिष्ठ नेता माधव नेपाल र प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि दोषीमाथि कारबाही गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार १९:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया