चन्द्रमामा फेरि भेटियो पानी

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पर्याप्त रुपमा पानी भेटिएको दाबी गरेको छ । यो पृथ्वीबाट देखिने चन्द्रमाको दक्षिण धुव्रको प्रमाण भेटिएको नासाको दाबी छ । 

यो खोजले भविष्यमा चन्द्रमामा मानिसको वस्ती बसाउन सकिने आधारहरु फेला पारेको बताइएको छ । त्यसो त यसअघि भारतीय अन्तरिक्ष एजेन्सी आइएसआरओको चन्द्रयान–१ ले सन् २००९ मा चन्द्रमामा पानी भेटिएको प्रमाण प्रस्तुत गरेको थियो । 

नासाका अनुसार चन्द्रमाको सतहमा विभिन्न परीक्षण गरिँदा पछिल्लो समय त्यहाँ हाइड्रोजनको उपस्थिति फेला परेको हो । तर, अब त्यहाँ पानी बन्नका लागि आवश्यक ओएच छ या छैन भन्ने अझै प्रमाणित भइसकेको छैन । नासाले यो खोजको रिपोर्ट नेचर एस्ट्रोनोमीको नयाँ अंकमा प्रकाशित गरेको छ । 

नासाका अनुसार चन्द्रमामा जति पानीको खोजि गरिएको छ र यसको आधार भेटिएको भनिएको छ, त्यो सहारा मरुभूमिभन्दा एक सय गुणा कम भएको बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार १०:३१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया