सात महिनापछि कक्षा ११ को परीक्षा
बागचौर नगरपालिका–१० स्थित महेन्द्र माध्यामिक विद्यालयमा परीक्षार्थी । तस्बिर : फरकधार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा गत जेठमा सञ्चालन गर्ने मिति तय गरेको थियो। कोरोना संक्रमणको त्रासका कारण चैतदेखि लकडाउन भएपछि परीक्षा अनिश्चितकालका लागि स्थगित भयो। कर्णाली प्रदेशको सल्यान जिल्लामा भने आइतबारदेखि कक्षा ११ को परीक्षा सुरु भएको छ। 

साता महिनापछि भएपनि परीक्षा दिन पाउँदा खुसी लागेको विद्यार्थीहरु बताउँछन्। अन्त कतै नहुँदा पनि यहाँ परीक्षा दिन पाएकोमा निकै खुसी लागेको परीक्षार्थी जेमा शाही बताउँछिन्। 

 महामारीका कारण परीक्षा स्थगित हुँदा विद्यार्थी अलमलमा परेका थिए। राष्ट्रिय परिक्षा बोर्डले दसैं र तिहारको बीचमा आवश्यक मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न निर्देशन दिएकाले सल्यानमा गरिएको हो। 

बागचौर नगरपालिका–१० स्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अधिकारीले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गरिएको जानकारी दिए।  जिल्ला समन्वय शिक्षा  इकाईले सम्बन्धित विद्यालयका विद्यार्थीलाई सोही विद्यालयमै परीक्षा गराउने गरी परीक्षा केन्द्र तोकिएको उनले जानकारी दिए।


 





  • प्रकाशित मिति : कात्तिक १६, २०७७ आइतबार १३:५०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया