राजधानीमा नेविसंघको प्रदर्शन, कोरानाको निःशुल्क परीक्षण र उपचार गर्न माग

नेपाल विद्यार्थी संघले आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा कोरोना संक्रमितको निःशुल्क परीक्षण र उपचारको माग गर्दै प्रदर्शन गरेको छ । 

नेवि संघ केन्द्रीय कार्यसमितिको आयोजनामा भएको प्रदर्शनका प्रदर्शनकारीले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् । विरोध प्रदर्शनपछिको कोणसभालाई संघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेल, महामन्त्री दीपक भट्टराईलगायतले सम्बोधन गरेका थिए । 

सम्बोधनका क्रममा महामन्त्री भट्टराईले भने, ‘सरकार आफैँ भ्रष्टाचारी र अपराधीको संरक्षणमा लागेको छ, दण्डहीनताको पक्षमा लागेको छ ।’

अहिले कोरोना महामारी भयावह बन्नुमा समयमै पूर्वतयारी नगर्नु प्रमुख कारण रहेको भन्दै नेविसंघले संक्रमितको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७७ आइतबार १६:४४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया