तीन महिने छाेरा हत्या गरेकाे आराेप लागेका बाबु ११ वर्षपछि पक्राउ

छोरा हत्या गरेको आरोपमा ११ वर्षपछि सुनसरी प्रहरीले भोक्राहा–नरसिंहका एक जना पुरुष पक्राउ गरेको छ।  

प्रहरीले भोक्राहा–नरसिंह वडा नं. १ का ५१ वर्षे वुनिया भन्ने करीम मियाँलाईं पक्राउ गरेको हो। उनले २०६६ मंसिर २२ गते आफ्नै छोराको घाँटी थिचेर हत्या गरेको प्रहरीमा उजुरी परेको थियो।  

घटना अनुसार वुनिया भन्ने करीमकी कान्छी श्रीमती भोक्राहा नरसिंहमै माईती घरमा नै बस्दै आएकी थिइन्। त्यस अवस्थामा श्रीमतीलाई लिन ससुराली घरमा गएकोमा श्रीमतीसँग वादविवाद भए पश्चात् छोराछोरीलाई लिई घर फर्केका थिए।

छोराछोरीलाई लिएर घर फर्कदा भोक्राहा–नरसिंह वडा नं. १ को जन्नत हुसेनको केराबारीमा आएपछि करीमले श्रीमतीलाई कुटपिट गरी बेहोस बनाई आफ्ना छोराछोरीहरुलाई घाँटी थिची केराबारीमा फालिदिएकाे आराेप छ ।

घाँटी थिचेर फालेकै कारण तीन महिने छोरा दिल साह मियाँको मृत्यु भएको करीमकी कान्छी श्रीमती अजिरनले घटना भएको भोलिपल्ट प्रहरीमा उजुरी दिएकी थिइन्। 





  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार २२:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया