सडकको दुर्गतिविरुद्ध सडकमा स्थानीय

ललितपुर महानगरपालिका–२७ सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । प्रदर्शनमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसमेत सहभागी थिए । 

स्थानीयसमेत रहेका वरिष्ठ कलाकार श्रेष्ठले एउटा सडक कालोपत्रे गर्नका लागि हड्ताल गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए । सडक कालोपत्रे हुने आशामा रहेका जनताहरु धुलो खाएर विरामी हुने अवस्थासम्म पुग्दा पनि काम नभएको उल्लेख गर्दै उहाँले देश कहाँ छ ? भन्दै प्रश्न गरे ।  

सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयले बाटो बन्द गरेर विगत तीन दिनदेखि आन्दोलनरत छन् । ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीयको आरोप छ ।

स्थानीयहरुले पनि सडक कालोपत्रे नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । विकास निर्माणको काम अवरोध गर्नेलाई राजनीतिक संरक्षण गर्दा समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ । 

अहिले ८ मिटर चौडा रहेको सडक २२ मिटर चौडा गर्न पनि ठेकेदार कम्पनी र सडक विभागबीच सम्झौता भइसकेको छ । सडक मर्मत गरी कालोपत्रे गर्न स्थानीयले पटक पटक अनुरोध गर्दै पटक पटक विरोध प्रदर्शन गर्दा पनि काम हुन सकेको छैन ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १५:१६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया