डार्विनले ल्याए 'हवाई अड्डा'

गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वरमा रहेको गीत 'हवाई अड्डा'को म्युजिक भिडियो  सार्वजनिक भएको छ।  

गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जाँदा एयरपोर्टमा मान्छेहरु भेट्ने छुट्ने  क्रममा देखेको दृश्यबाट प्रेरित भएर यो गीत लेखेका हुन् ।  गीतमा रोमन वज्राचार्यको संगीत  रहेको छ।  

पुराना प्रेमी-प्रेमिकाको सफल हुन नसकेको प्रेम संघर्षमा केन्द्रित म्युजिक भिडियोमा सुमित  तामाङ, कुसुम गुरुङ र सुरज तमुको मुख्य भूमिका देख्न सकिन्छ। साथै छिरिङ शेर्पा, सुवास तिमल्सिना, पवन गुरुङ, संगोक तामाङ लगायत कलाकारले पनि भिडियोमा अभिनय गरेका छन् ।  भिडियोमा विजय ताम्राकारको छायांकन र सम्पादन रहेको छ । सुरज तमुको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।  ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानलमार्फत् भिडियो सार्वजनिक गरिएको हो । 

 





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १६:९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया