मोटरसाइकल चोरी गर्ने र चोरीका मोटरसाइकल किन्ने ७ जना पक्राउ
सांकेतिक तस्बिर

मोटरसाइकल चोरी गर्ने र चोरीका मोटरसाइकल किन्ने ७ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चोरीको उजुरी परेपछि खोजतलास गर्दै जाँदा ७ लाई पक्राउ गर्न प्रहरी सफल भएको हो । 

 पक्राउ पर्ने बाराको करैयामाई नगरपालिका–५ घर भई हाल चितवनको खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, बारा करैयामाई  नै घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी, भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन् ।
 
त्यसैगरी चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । 
 
 पक्राउ परेका हरुबाट मोटरसाइकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार ९:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया