धरानमा कोरोनाबाट ३८ वर्षीया र २० वर्षीया महिलाको मृत्यु
फाइल फोटो

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई  संक्रमितको मृत्यु भएको छ । सुनसरी र तेह्रथुमका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार सुनसरीको वराहक्षेत्र नगरपालिका–८ की ३८ वर्षीया महिलाको सोमबार बिहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको हो। उनमा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी तेह्रथुमकी २० वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको छ । रगत र श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित युवतीमा कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य अवस्था जटिल बनेपछि प्रतिष्ठानको आइसीयू कक्षबाट सोमबार कोभिड–१९ अस्पतालमा भर्ना गरिएकी युवतीको मंगलबार बिहान १ बजेर ५ मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा। श्रेष्ठले जानकारी दिए।





  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार ७:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया