सार्वजनिक यातायात सञ्चालन गर्दै प्रदेश २ सरकार
प्रतीकात्मक तस्बिर

प्रदेश नं २ सरकारले सरकारी स्तरबाट नै सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।  प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बससमेत खरीद गरिसकेको जनाएको छ ।

प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालन गर्ने तयारी गरिएको भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले बताए । ती बस अहिले धनुषाको मिथिला नगरपालिका, ढल्केबरस्थित सिप्रदी कार्यालयमा राखिएको छ । ती बस केही दिनभित्रै सञ्चालन ल्याइने मन्त्री सोनलको भनाइ छ ।

प्रतिबस ६७ लाख ९५ हजारमा खरीद गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । निजी बसभन्दा सस्तो भाडादरमा जनताको सहजताका लागि जनकपुर–वीरगञ्ज दुई, जनकपुर–राजविराज दुई तथा राजविराज–वीरगञ्जसम्म एक बस सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार १५:४१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया