काठमाडौंमा थपिए ३३९ कोरोनाभाइरस संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ३९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थपिनेमा १ सय ९३ जना पुरुष रहेका छन् भने १ सय ४६ जना महिला रहेका छन् । 

योसँगै काठमाडौं उपत्यकामा अहिलेसम्म एक लाखभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाका रहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं जिल्लामा अहिलेसम्म ७८ हजार ९ सय ३९ कोरोनभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये ३ सय ६ जनाको मृत्यु भएको छ । 

अहिले काठमाडौं जिल्लामा मात्रै १३ हजार ३ सय २१ कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् ।

भक्तपुरमा चाहिँ अहिलेसम्म ७ हजार १ सय ४२ कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यहाँ ७८ जनाको कोरोनाका कारण निधन भएको छ भने ५ हजार ९ सय २९ जनाले कोरोना जितेका छन् । अहिले भक्तपुरमा १ हजार १ सय ३५ जनामा कोरोनाभाइरस संक्रमण पोजेटिभ रहेको छ ।

त्यस्तै, उपत्यकाको अर्को जिल्ला ललितपुरमा अहिलेसम्म ११ हजार ४ सय ७१ कोरोनाभाइरस संक्रमित भेटिएका छन् । ललितपुरमा अहिलेसम्म ८६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यहाँ २ हजार ७९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार १६:१०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया