ट्रम्प ह्वाइटहाउसबाट ननिस्किए सेना लगाएर निकाल्छाैँ: ओबामा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउ (राष्ट्रपतिको कार्यालय) बाट निकालिने चेतावनी दिएका छन्।  

आफ्नो संस्मरण  ‘अ प्रमिस्ड ल्यान्ड’का विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ओबामाले पत्रकारले गरेको प्रश्नमा त्यस्तो जवाफ दिएका हुन्।  

अन्तर्वार्ताकार जिमी किममेलले ट्रम्पलाई इंगित गर्दै ओबामासँग प्रश्न गरेका थिए, ‘तपाईंले त ह्वाइट हाउसमा ८ वर्ष बिताउनुभएको छ, त्यहाँ त्यस्ता कुनै ठाउँ छन्, जहाँ कोही लुकेर बस्न सकोस्?’  

सिबिएस न्युजका अनुसार यो व्यंग्यात्मक प्रश्नमा हाँस्दै ओबामाले जवाफ दिए, ‘त्यसरी ह्वाइट हाउसमा लुक्ने व्यक्तिलाई हामी नेभी सिल (अमेरिकाको विशेष सैन्य टोली) परिचालन गरेर निकाल्छौं।’

यही नोभम्बर ३ तारिख अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन डेमोक्रेटिक पार्टीका जो बाइडेनले जितिसकेका छन्। 





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार २२:४२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया