बर्लिनमाथि बोरुसियाको शानदार जित : १५ मिनेटमा हल्याण्डले गरे ह्याट्रिक

गए राति अवे मैदानमा भएको बोरुसिया डर्टमुण्ड र हेर्था बर्लिनबीचको खेल रोचक बनेको छ । जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार रातिको खेलमा बोरुसियाले ५–२ को शानदार जित दर्ता गर्दा व्यक्तिगत चार गोल गरेका एर्लिङ्ग ब्राउट हल्याण्डले १५ मिनेटमै ह्याट्रिक पूरा गरेका छन्। 

पहिलो हाफमा कुनै गोल नगरेका हल्याण्डले दोस्रो हाफको सुरुवाती १५ मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् । 

खेलको ४७, ४९, ६२ मिनेटमा लगातार १५ मिनेटभित्र उनले तीन गोल गरे । थप एक गोल भने खेलको ७९ औँ मिनेटमा गरेका हुन् । उसका लागि गुएरेइरोले ७० औँ मिनेटमा अर्को गोल गरेका थिए । ​

बर्लिनका लागि भने खेलको ३३ औं मिनेटमा सान्तोस कारनेइरो र खेलको ७९ औं मिनेटमा डा कुन्हाले एकएक गोल गरे ।

शीर्ष स्थानको बार्यन म्युनिख भन्दा एक अंकले मात्र पछि परेको डर्टमुण्डले यो जितसँगै १८ अंक जोडेको छ । 





  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार ६:३४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया