फाइजरले माग्यो कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति

अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि अनुमति माग्दै आवेदन दिएका छन् । 

खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडिए)ले गर्नेछ । एफडिएबाट अनुमति प्राप्त गरेमा औषधिको प्रयोगका लागि सुरक्षित मानिनेछ ।

उक्त खोपको परीक्षणसम्बन्धी तथ्यांक अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन । यद्यपि, अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ । 

अन्तिम चरणका परीक्षणका तथ्यांकले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ । युकेले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ ।
जुन महिनायता पहिलोपटक त्यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको मृत्यु भएको थियो । यदि एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दिएको केही घण्टाभित्रै खोप वितरण गर्न तयार रहेको फाइजर र बायोएनटेकले बताएका छन् ।

विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोनाभाइरसको आनुवांशिक संरचना थाहा भएको १० महिनामै खोप विकासको यो कामलाई ठूलो उपलब्धि मानिएको छ । फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन ‘विश्वलाई कोभिड–१९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा’ भएको टिप्पणी गरे ।

सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सिडिसिपी)ले कसलाई पहिला दिने भन्ने निधो गर्नेछ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार १५:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया