नापोलीमाथि मिलानको जित, युभेन्टस चौथामा

इटालियन सिरी ए अन्तर्गतको खेलमा एसी मिलानले नापोलीलाई पराजित गरेको छ ।

नापोलीको मैदानमा भएको खेलमा एसी मिलानले नापोलीलाई ३–१ ले हराउन सफल भएको हो ।  मिलानको जितका लागि जाल्टन इब्राहिमोविचले दुई र  यन्स पिटर हाउगेले एक गोल गरे । 

 इब्राहिमोविचले एसी मिलानका लागि २०औँ र ५४ औँ मिनेटमा गोल गरी  गरेका थिए । ६३औँ मिनेटमा मर्तेन्सले नापोलीका लागि एक गरे लगतै ६५ औँ मिनेटमा बाकायोको दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि नापोली १० खेलाडीमा सीमित भयो । 
 

यन्स पिटरले इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोल गरि एस मिलानलाई ३–१ को जित दिलाए ।

उनले यो सिजन लिगका ६ खेलमा १० गोल गरिसकेका छन् ।

६३ औँ मिनेटमा मर्तेन्सले नापोलीका लागि एक गोल फर्काए । ६५ औँ मिनेटमा बाकायोको दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि नापोली १० खेलाडीमा सीमित भएको यन्स पिटरले इन्जुरी समयको ९५औँ मिनेटमा गोल गोल गर्दा मिलान ३–१ को जित हात पार्न सफल भयो। 



८ खेलबाट २० अंक बनाएको एसी मिलान शीर्ष स्थानमा छ ।  समान ८ खेलबाट १८ अंक बनाएको सासुओलो दास्रो स्थानमा छ । 

आइतबार राति नै भएको खेलमा सासुओलो हेलास भेरोनालाई २–० ले हराएको थियो । 



यस्तै पार्मालाई ३–० ले पराजित गरेको रोमा १७ अंकसहित तेस्रो स्थानमा रहेको छ । युभेन्टस १६ अंकका साथ चौथो स्थानमा छ

  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार ६:५१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया