पेस्तोल र बेहोस पार्ने औषधिसहित एक जना पक्राउ

पर्सा प्रहरीले  अवैध हतियार र मान्छेलाई बेहोस बनाउने औषधिसहित एक जनालाई पक्राउ गरेको छ । सर्लाही बलरा नगरपालिका–१० सुदामा घर भई आल वीरगन्ज महानगरपालिका–११ दुर्गा टोल बस्ने  ४९ वर्षीय जितेन्द्र प्रसाद सिंह पक्राउ पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिएकी छिन् । 

एसपी पन्तका अनुसार सिंहले आफ्नो घरमा अवैध हतियार लुकाई राखेको  भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुर तथा विर्ताबाट खटिएको प्रहरी टोलीले सिंहको घर खानतलासी लिएको थियो । 

खानतलासीका क्रममा सिंहको कोठामा दराजको सेफ बक्सभित्र लुकाइ राखेको अवस्थामा हतियार तथा औषधि फेला परेको प्रहरीले जनाएको छ  । 

सिंहको दराजमा एक पेस्तोल, ४ राउण्ड गोली लोड गरिएको एक म्यागाजिन र मानिसलाई बेहोस पार्ने औषधि एक बोतल फेला परेको पर्सा प्रहरीले जानकारी दिएको छ ।  

बरामद हतियारसहित निज जितेन्द्र प्रसाद सिंह अहिले जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा रहेको र उनीबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार २२:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया