१२ कक्षाको अहिले सन्चालित परीक्षाबारे सामाजिक सन्जालमा विभिन्न भिडियो सार्वजनिक भएपछि बुधबारदेखि एकाएक ११ मंसिरमा लिइएको फिजिक्स परीक्षा रद्द गरिएको सूचना आइरहेको छ ।
तर, राष्ट्रिय परीक्षा बोर्डले यसको औपचारिक जानकारी दिएको छैन ।
बिहीबार लिइएको परीक्षा रद्द गरेर १७ मंसिरमा हुने भन्दै सामाजिक सन्जालमा विभिन्न व्यक्तिहरुले सूचना जारी गरेका छन् ।
परीक्षा बोर्डले भने सामाजिक सन्जालमा भ्रमपूर्ण सूचना फैलिएको भन्दै सूचना निकालेको छ । सूचनामा फिजिक्सको परीक्षा फेरि हुने भनिएको छैन ।
यसअघि कोरोनाभाइरसका कारण स्थगित भएको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सन्चालनमा आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।