ओलीले प्रचण्डलाई भने– मान्छेहरुले तपाईंलाई भ्रष्टाचारमा जोड्छन् नि ?

२८ कार्तिकको सचिवालय बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रतिवेदन पेश गरेका थिए । 

१३ मंसिरमा ती आरोपको प्रधानमन्त्री ओलीले जवाफ दिएका छन् । 

प्रधानमन्त्री ओलीले पनि यसअघि प्रचण्डले लगाएको आरोपजस्तै प्रचण्डमाथि निकै धेरै गम्भीर आरोप लगाएका छन् । 

यी आरोपमध्ये वाइडबडी एयरबस ३३० खरिद गर्दा सरकारमा को थियो, ३८ क्विन्टलभन्दा बढी सुनको तस्करी हुँदा सत्तामा को थियो भन्ने आरोप पनि रहेका छन् । 

ओलीको प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘ललितानिवास प्रकरण कहिलेबाट र कोको हुँदै अगाडि बढेको थियो रु सबै स्पष्ट छैन र रु आफ्नै देशमा सुरक्षण मुद्रण प्रेस स्थापना गरेर डाटाहरुको सुरक्षा र वर्षेनी अर्बौंको स्रोत बाहिरिरहने अवस्था नियन्त्रण गर्न केही नीतिगत काम अगाडि बढेका छन् । तर यस विषयमा कुनै सम्झौता भएको छैन । सम्झौतै नभएको विषयमा मलाई जोड्नु भनेको हद दर्जाको पूर्वाग्रह मात्रै हो । नेपाल ट्रस्ट मातहत रहेका सम्पत्तिहरुको व्यवस्थापनका लागि संसदबाट ऐन बनाइएको छ । विगतमा निकै सस्तो मूल्यमा लिजमा दिइएका सम्पत्तिहरुलाई व्यवस्थित मूल्याङ्कन गराएर पारदर्शी ढङ्गले लिजमा दिने प्रक्रिया अगाडि बढाइएको छ । यस सम्बन्धी श्वेतपत्र नै सार्वजनिक गरिएको छ ।’

ओलीले अहिले पनि भ्रष्टाचारका थुप्रै विषय जनस्तरमा चर्चामा रहेको पनि बताएका छन् । अनि सँगसँगै मानिसहरुले प्रचण्डलाई भ्रष्टाचारमा जोड्ने गरेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।



‘मान्छेहरुले कतिपयमा तपार्इँलाई पनि जोड्ने गरेको देखेको छु,’ ओलीले भनेका छन्, ‘म त अख्तियार प्राप्त संस्थाले विधिसम्मत ढङ्गले गर्ने काममा राजनीतिक व्यक्तिहरु बोल्नु उचित हुँदैन भन्ने ठान्छु । यस्ता विषयमा प्रतिशोधको राजनीति गर्नु हुन्न, राज्यका सम्बन्धित अङ्गहरुलाई सुदृढ बनाएर कानुन बमोजिम टुङ्गोमा पुर्याउनु पर्छ भन्ने मान्यता राख्छु ।’




  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार २०:२५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया