ट्रम्पनिकट अधिकारीले नै भने, 'राष्ट्रपति निर्वाचनमा धाँधली भएको प्रमाण छैन'

गत महिना सम्पन्न अमेरिकाको राष्ट्रपति निर्वाचनमा धाँधली भएको कुनै प्रमाण नभेटिएको त्यहाँका एक अधिकारीले बताएका छन् । अमेरिकी महान्यायाधिवक्ता बारले  निर्वाचनमा धाँधली भएको भन्दै रिपब्लिकन पार्टीले गरेको दावी झुटो भएको बताएका छन्। 

महान्यायाधिवक्ताको यस भनाइले  अमेरिकी गृह मन्त्रालय, अमेरिकी गुप्तचर निकाय तथा विभिन्न चुनावी पर्यवेक्षकले यसअघि नै सार्वजनिक गरेको रिपोर्टलाई बल पुगेको छ। 

ट्रम्पका निकट मानिएका महान्यायाधिवक्ता बार यस भनाइले निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी कमजोर बनेको छ। 

एपीसँग कुरा गर्दै महान्यायाधिवक्ता बारले हालसम्म निर्वाचनमा धाँधली भएका कुनै प्रमाण फेला नपरेको बताएका छन् । उनको यस अभिव्यक्तिप्रति राष्ट्रपछि ट्रम्प असन्तुष्ट रहेको एपीले जनाएको छ। 

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि मिचिगन, पेन्सिल्भेनिया र जर्जिया जस्ता राज्यमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । विशेष गरी पोस्टल मतदानमा धाँधली भएको आरोप ट्रम्पको छ ।

 निर्वाचनमा जित हात पारी राष्ट्रपति बन्ने तयारीमा रहेका जो बाइइेनलाई ट्रम्पले कुनै कानुनी अड्चन सिर्जना गरी तत्काल ह्वाइटहाउस प्रवेश गर्न नदिने हुन की भन्ने आँकलन भएको थिए । निर्वाचनको नतिजा आफ्नो पक्षमा आएपछि बाइडेन र उपराष्ट्रिपति कमला ह्यारिसले प्रशासन सञ्चालनको तयारी थालिसकेका छन्। 
 





  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार १५:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया