सगरमाथाको उचाइ बढ्यो, घोषणा मंसिर २३ गते

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गरिने भएको छ । नापी विभागले मीनभवनमा रहेको कार्यालयबाट उक्त घोषणा गर्ने भएको हो ।  

पछिल्लोपटक सन् १९५४ मा भारतको सर्भे टोलीले मापन गर्दा सगरमाथाको उचाइ ८८४८ कायम भएको थियो । 

अहिले नेपाल आफैँले मापन गर्दा केही फरक आएको बताइएको छ । सगरमाथाको उचाइ नघटेको बरु केही मिटर बढेको स्रोतको भनाइ छ । 

सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमका लागि विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले पत्राचारसमेत गरेका छन् । पत्रमा मंसिर २३ गते दिउँसो साढे १ बजे कार्यक्रम आयोजना हुने उल्लेख गरिएको छ । 

नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्त रुपमा काम गरेका थिए । ०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण सगरमाथालगायत हिमालको उचाइमा असर परेको तथ्य सार्वजनिक गर्दै विभागले सगरमाथाको उचाइ नाप्न आवश्यक ठहर्याएको थियो । 





  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १९:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया