भारतमा एकै दिनमा ३२ हजार ९८१ कोरोना भाइरस संक्रमित थपिए

भारतमा थप ३२ हजार ९८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २०३ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । जसमध्ये ९१ लाख ३९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । 

मन्त्रालयका अनुसार हाल ३ लाख ९६ हजार ७२९ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २९ औं दिन हो ।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ३९१ जनाको मृत्यु भएको र  यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ५७ पुगेको छ । 

भारतभरि सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा १८ लाख ५२  हजार २६६ अझै पनि सक्रिय संक्रमित  रहेको जनाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ७७ लाख ८७ हजार नमुना परीक्षण गरेको जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर २२, २०७७ साेमबार २०:२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया