भारत बन्द : दिल्ली छिर्ने सबै नाका ठप्प, मुख्यमन्त्री केजरीवाल नजरबन्दमा !

भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा भारतमा अहिले किसान आन्दोलन चलिरहेको छ ।  आन्दोलनरत किसान र आन्दोलनका समर्थकले आज भारत बन्द गरिरहेका छन् । किसानको भारत बन्द कार्यक्रमलाई २० राजनीतिक दल र १० ट्रेड युनियनहरूले समर्थन गरिरहेको भारतीय मिडियाले जनाएका छन् । 

किसानको आन्दोलनमा समर्थन जनाइरहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई नजरबन्दमा राखिएको दावी गरिएको छ । दिल्ली प्रहरीले केजरीवाललाई घरबाट बाहिर निस्कन नदिएको आरोप आम आदमी पार्टी(आप)ले लगाएको छ । आपका अनुसार केजरीवाललाई बाहिर निस्कन दिइएको छैन भने  उनको घरमा कसैलाई पनि आउजाउ गर्न दिइएको छैन् ।

दिल्ली प्रहरीले भने यस कुरालाई अस्वीकार गरेको छ । केजरीवाललाई कुनै रोक नलगाएको र इच्छा अनुसार आउजाउ गर्नसक्ने प्रहरीको भनाइ छ । 

बन्द सफल पार्नका लागि आन्दोलनरत किसानले विभिन्न राज्यबाट दिल्ली प्रवेश गर्ने सबैजसो नाका ठप्प बनाएको भारतीय मिडियाहरूले जानकारी दिएका छन् । किसानहरूले चारैतिरबाट दिल्लीलाई घेरिरहेका छन् । 

केन्द्र सरकारले कृषि कानुन फिर्ता लिने लिखित प्रतिवद्धता जनाएमा मात्रै आन्दोलन रोक्ने अडान किसानहरुको छ । उनीहरुले अहिलेको जारी भएको कृषि कानुन फिर्ता लिएर सरकारले किसान संगठन तथा विज्ञको परामर्शमा नयाँ कानुन ल्याउनु पर्ने माग गरेका छन् । 
 





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार १३:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया