नेपालमा कोरोनाभाइरसः थप ८ जनाको मृत्यु

नेपालमा मंगलबार थप ८ जनाको कोरोनाभाइरस (कोभिड १९)का कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा मंगलबार काठमाडौं, सप्तरी, ललितपुर, कास्की र पाल्पामा कोरोनाका कारण मानिसहरुले ज्यान गुमाएका हुन् । यीमध्ये ४ जना काठमाडौंका हुन् । 

मंगलबार कोरोनाका कारण निधन हुने सबै ४२ वर्षभन्दा माथिका रहेका छन् । 

सप्तरीमा ४२ वर्षका पुरुष, काठमाडौंमा ७०, ६६, ४९ वर्षका पुरुष र ९४ वर्षकी महिलाले कोरोनाका कारण ज्यान गुमाएका हुन् । 

ललितपुरमा ५० वर्षकी महिला, कास्की र पाल्पामा ६४ र ६३ वर्षका पुरुषको मंगलबार कोरोनाभाइरसका कारण मृत्यु भएको हो । 





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार २०:१९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया