पर्यटन प्रवर्द्धनका लागि ‘जाऔँ है पोखरा अभियान’
फाइल फोटो

कोरोनाको कारण सुस्ताएको पर्यटन उद्योग चलायमान बनाउन पश्चिमाञ्चल होटल संघ पोखराले चार दिने ‘जाऔँ है पोखरा अभियान’ सुरु गरेको छ ।

कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न संघले मङ्सिर २४ देखि २७ गतेसम्मका लागि भ्रमण कार्यक्रम सुरु गरेको संघका अध्यक्ष विकल तुलाचनले बताए ।

जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियान अन्तर्गत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायत सरोकार पक्षसँग अन्तरक्रिया गरिने बताइएको छ ।

पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया हुनेछ । संघले १८ वर्षदेखि यस्तो अभियान सञ्चालन गर्दै आएको छ । कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकीका सहसंयोजक समेत रहेका तुलाचनले बताए ।

अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार सहभागी हुनेछन् । संक्रमण जारी रहे पनि कोरोना सँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔँ है पोखरा कार्यक्रमलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार १३:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया