किशोरीको अपहरण गरी बलात्कार गर्ने किशोरलाई १९ वर्ष जेल
सांकेतिक तस्वीर

०७५ मङ्सिरमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरमा एक घटना  घटेको थियो । एक १८ वर्षीय किशोरले १५ वर्षीया किशोरीलाई  सप्तरीबाट सुनसरीको इटहरी पुर्याई बन्धक बनाएर बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा किशोरीका बाबुले ०७५ पुस ३ गते अपहरणपछि बलात्कृत भएको भन्दै उजुरी दिएका थिए । उजुरी गरेको भोलिपल्ट नै आरोपी १८ वर्षीय किशोर पक्राउ परेका थिए । 

सप्तरी जिल्ला अदालतले अहिले ती युवालाई १९ वर्ष ४ महिनाको कैद सजाय सुनाएको छ । साथै उनले नगद जरिवाना  र पीडितलाई क्षतिपूर्ति पनि तिर्नुपर्ने फैसला अदालतले गरेको छ । 

 जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आरोपितलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ चार वर्ष आठ महिना कैद र ४६ हजार ६४६ जरिवाना तथा थप सजायतर्फ छ वर्ष आठ महिना कैद र रु ६६ हजार ६६६ जरिवाना तोकेको अदालतले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार ११:१७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया