बङ्गलादेशमा पाँच लाख पुगे कोरोना सङ्क्रमित

बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या शनिबारसम्म करिब पाँच लाख पुगेको त्यहाँको सरकारले पुष्टि गरेको छ । 

शनिबार बङ्गलादेशमा थप सङ्क्रमित हुनेको सङ्ख्या १ हजार २६७ रहेको र २५ व्यक्तिको मृत्यु भएको छ । 

बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार अहिलेसम्म बङ्गलादेशमा ४ लाख ९९ हजार ५६० व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ७ हजार २४२ व्यक्तिको मृत्यु भएको छ ।

मुसलमान बहुल यस मुलुकमा विगत २४ घण्टामा  १२ हजार ३०० सम्भावित व्यक्तिको नमुना परीक्षण गरिएकोमा करिब १० प्रतिशत सङ्क्रमित भेटिएका थिए ।

बङ्गलादेशमा कोरोना सङ्क्रमित ४ लाख ३५ हजार ६०१ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् भने शनिबार सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ हजार ९८७ रहेको महानिर्देशनालयले जनाएको छ ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोरोना सङ्क्रमितमध्ये १.४५ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने अहिलेसम्म ८७.२० प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।



बङ्गलादेशमा एकै दिनमा सबैभन्दा बढी जुलाई २ मा ४ हजार १९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो भने जुन ३० मा एकै दिनमा सबैभन्दा बढी ६४ सङ्क्रमितको मृत्यु भएको थियो ।



  • प्रकाशित मिति : पुस ४, २०७७ शनिबार १९:४९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया