प्रतिनिधिसभा विघटनको राजनीतिक रूपमा प्रतिरोध गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेको छ । बुधबारकाे बैठकले यसको राजनीतिक रूपमा प्रतिरोध गर्ने निर्णय गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेसले पुस १६ गते मेलमिलाप दिवसमा लोकतन्त्र र संविधानको हमलाविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटनले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको देखाउने बताउँदै प्रवक्ता शर्माले सो असंवैधानिक कदमको प्रतिरोध गर्ने निर्णय गरेको जानकारी दिए । 

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सबै सदस्यले धारणा राख्न नपाएपछि बुधबार पुनः बैठक बसेको हो । आजको बैठकमा गगन थापा, रामशरण महत, आनन्द ढुङ्गाना र बलबहादुर केसीले आफ्नो धारणा राखेका थिए । 





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार १७:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया