सिरहामा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाका दुई छुट्टाछुटै स्थानमा भएको सवारीमा परी दुईजनाको मृत्यु भएको छ । लहान नगरपालिका–१ पडरियास्थित सडकमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १६७५ नंको भाग्यरेखा ट्राभल्सले सोही दिशामा जाँदै गरेको स१०प ९८४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– ४ निवासी ३२ वर्षीय हिराबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते राईको लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले जानकारी दिए ।

यस्तै, सिरहाको नरहा गाउँपालिका–३ स्थित सडकमा आजै उखु लोड गरेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३० वर्षीय मो नइम खाँको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ त ०७६८ नम्बरको ट्याक्टरले पूर्वबाट पश्चिम जाँदै गरेको ज११प २१७८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी खाँलाई उपचारका लागि मिर्चैयास्थित मङ्गलम हेल्थ केयर सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक मिरिङचिङले जानकारी दिए ।





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १९:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया