राष्ट्रपतिको विरोधमा उल्टो यात्रा (फोटो फिचर)

काठमाडौँको माइतीघर मण्डलामा शनिबार प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनमा कलाकार घिमिरे युवराजले नाटक प्रस्तुत गरेका छन् । उनीसहित प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो अनुहारमा लगाएर उल्टो पदयात्रा गरेका थिए ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध देशभर आन्दोलन भइरहेका छन् । त्यहीकारण सत्तारुढ नेकपा विभाजित भएर एउटा समूहका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित शुक्रबार सडकमै उत्रिएका छन्। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि आन्दोलित भइरहेका बेला नागरिक समाजको नाममा पत्रकारदेखि नेतृसम्म सडकमा उत्रिएका छन्। 'प्रतिगमनविरुद्ध' साताव्यापी अभियानका सदस्य युग पाठकले सरकारको कदम गलत भएकाले सडकमा उत्रिनु परेको बताएका छन्। 

उनले दलदलमा फस्‍न लागेको मुलुकलाई जोगाउन प्रतिगमनविरुद्ध आवाज उठाउनै पर्ने जिकिर गरेका छन्। आजदेखि यो साताव्यापी आन्दोलन माइतीघर मण्डलमा सुरु भएको हो। जहाँ जनता समाजवादीकी नेतृ हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी पनि सहभागी थिए।

उनीहरुले बोकेका प्लेकार्डमा 'संविधानमाथि तीरै तीर, प्रतिगामीलाई खीरै खीर', 'समृद्धिको यात्रा, ओलीको गाईजात्रा', 'जो रक्षक, उही भक्षक' जस्ता नारा लेखिएको थियो। यो अभियान एक सातासम्म चल्ने पाठकले बताएका छन्। 





  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १७:२२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया