प्रधानमन्त्रीको कदमविरुद्ध गोरखामा मसाल जुलुस

प्रधानमन्त्रीको संसद् विघटनको कदमविरुद्ध गोरखामा नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूहले मसाल जुलुस निकालेको छ ।

प्रचण्ड नेपाल पक्षको आह्वानमा शनिबार गोरखामा भएको मसाल जुलुसमा सरकारविरुद्ध चर्का नारा लागेको थियो । 

ओलीका कदमविरुद्ध नेकपा गोरखाले आइतबारका लागि जिल्लास्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । 

यस्तै पुस १४ गते संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । 

नेकपाले पुस २० गतेभित्र नगरपालिका र गाउँपालिका स्तरमा बैठक, भेला गर्ने र पुस २५ गतेभित्र सबै वडाहरूमा बैठक आयोजना गर्ने जनाएको छ । 

सो पार्टीको केन्द्रीय नीतिअनुसार गोरखा नेकपाले विरोधका कार्यक्रम आयोजना गरेको हो । 
 





  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार २०:३६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया