विश्वभर फैलिदै कोरोनाको नयाँ प्रजाति : क्यानडा, जापानसहित युरोपका ७ देशमा पुष्टि

कोरोना भाइरसको नयाँ प्रजाति क्यानडा र जापानसहित यूरोपका ७ देशमा भेटिएको छ। सबैभन्दा पहिले बेलायतमा भेटिएको यो प्रजाति अहिले क्यानडा र जापानसहित यूरोपका विभिन्न देशमा पनि भेटिएको हो । 

स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड र फ्रान्सले बेलायतबाट फर्किएका आफ्ना नागरिकमा कोरोना भाइरसको नयाँ प्रजाति पुष्टि गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

 

यस्तै क्यानाडाको ओन्टारियोमा पनि केहीमा नयाँ प्रजातिको भाइरस पुष्टि भएको छ जसमा यसअघि कतै यात्रा गरेको वा संक्रमितको सम्पर्कमा नआएका पनि परेका बीबीसीले उल्लेख गरेको छ । 

नयाँ भाइरस पुष्टि भएपछि जापानले सोमबारदेखि गैर आवासीय विदेशीलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतबाट फर्किएका ५ जनामा देखिएको संक्रमण थप दुई जनामा सरेको पाइएपछि जापान सरकारले कडाई गरेको हो । 

यसैबीच केही यूरोपियन देशले आइतबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरिसकेका छन् । 



अर्को संकट निम्त्याउँदै कोरोनाको नयाँ प्रजाति



  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार ७:१७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया