विरोधसभामा मुख्यमन्त्री शाहीले भने– ओलीले अर्को जंगबहादुरको सपना देखे

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रचण्ड–माधव नेपाल समूहले आयोजना गरेको सडक आन्दोलनमा प्रत्यक्ष रुपमा सहभागी भएका छन् ।  

प्रचण्ड–माधव नेपाल समूहमा रहेका शाहीविरुद्ध एक महिनाअघि ओलीपक्षका सांसदको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । केन्द्रको हस्तक्षेपका कारण उनीविरुद्धको सो प्रस्ताव फिर्ता भएको थियो । 

नेकपाको कालीकोट जिल्ला इन्चार्जसमेत रहेका मुख्यमन्त्री शाही मंगलबारको विरोध कार्यक्रमअन्तर्गत कालीकोटमा निकालिएको जुलुसमा सर्वसाधारणसँगै सडकमा निस्केका थिए । 

जुलुसपछिको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर मुलुकलाई थप संकटमा पारेको आरोप लगाएका थिए । 

प्रधानमन्त्री ओलीले पार्टीका विरुद्धमा गद्धारी गरेको र देशको कम्युनिस्ट आन्दोलनलाई नै ठूलो धोका दिएको उनको आरोप थियो । 

असंवैधानिक कदम चालेर ओलीले अर्को जंगबहादुरको सपना देखेको आरोप मुख्यमन्त्री शाहीको आरोप थियो । 





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार २१:४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया